Aafno Khabar

पशु चिकित्सा परिषदको उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी

  • आफ्नो खबर
  • January 15, 2021 प्रकाशित

चितवन । नेपाल पशु चिकित्सा परिषदको उपाध्यक्षमा डा.एगेन्द्र कुमार श्रेष्ठले उम्मेदवारी दिनु भएको छ । माघ ३ गने हुन लागेको अधिवेशनका लागि श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
उहाँले उम्मेदवारी दर्ता सँगै आफ्ना महत्वपूर्ण मुद्धाहरु समेत सार्वजनीक गर्नु भएको छ ।

लामो समय देखि कृषि क्षेत्रमा अध्ययन अध्यापन गर्नु भएका श्रेष्ठ बिगत १० वर्ष देखि नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा आबद्ध भई काम गर्दै आउनु भएको छ । आफ्नो नेतृत्वमा अहिले पशु अस्पताल निर्माणको काम भईरहेको भन्दै उहाँले काउन्सीलले तोकेको मापदण्ड पुरा गरि काम गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो “आजभन्दा १० वर्षअघि यो इन्स्टिच्युट सुरु गर्दा सामान्य ढंगले सुरु गरिएको थियो । करिब ४ वर्षअघि काउन्सिलले यस्तो इन्स्टिच्युट सञ्चालन गर्न नयाँ मापदण्डको व्यवस्था गरेको छ । यो मापदण्ड पूरा नगरी त कलेज नै सञ्चालन गर्न पाइँदैन । त्यसो हुँदा काउन्सिलले तोकेको मापदण्ड पूरा नगरी हामी यो संस्था चलाउने पक्षमा छैनौं । चलाउने कोसिस गरियो भने पनि चल्दैन ।”

मापदण्ड पुरा नभए काउन्सिलले भर्ना नै रोकिदिने भएकाले हरेक ५÷७ वर्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा आएका नयाँ प्रविधिसँग मापदण्ड परिमार्जन हुँदै जाने उहाँको भनाई छ । त्यही मापदण्ड अनुसार नै हामीले हाम्रा शिक्षण अस्पताल, प्रयोगशालालगायत हरेक पूर्वाधार परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ । निजी स्तरमा चलेका कलेजले त झनै मापदण्ड अनुसार पूर्वाधार अब्बल बनाउन सके विद्यार्थीको संख्या पनि पढ्ने उहाँको तर्क छ ।

नेपालमा पहिलो पटक पशु अस्पताल निर्माणको काम भइरहेको र रामपुर कृषि तथा वन विश्वविद्यालयबाट पनि काउन्सिलको नेतृत्व हुँदै आएको भए पनि अवको नेतृत्व इन्स्टिच्युट चलाउनेले पनि पाउनु पर्छ भन्ने हो ।