Aafno Khabar

खुल्यो सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम

  • आफ्नो खबर
  • December 29, 2020 प्रकाशित

काठमाडौं । आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फाराम खुलेको छ । नौ महिनापछि सवारी चालक अनुमतिपत्र का लागि अनलाइन फाराम खुला भएको हो ।
कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको अनलाइन फाराम आजदेखि सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागले जनाएको छ ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर लिखित तथा ट्रायल परीक्षा लिने व्यवस्थासहित फाराम खुला गरेको विभागले जनाएको छ । अहिलेलाई दैनिक कोटा तोकेर आवेदन लिन थालिएको र अब नियमित परीक्षा हुने विभागले जनाएको छ ।

अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०–५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको विभागले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण हुँदै आएको छ ।