Aafno Khabar

कोरोना अपडेट : ६ हजार परीक्षण ७०८ संक्रमति, ८ जनाकाे मृत्यु

  • आफ्नो खबर
  • December 29, 2020 प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा ४३८ पुरुष र २७० महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ५९ हजार ५४८ पुगेको छ । थप ६ हजार १३५ जनाको पिसिआर परिक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ५१ हजार ३१२ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७३१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ६ हजार ३९६ सक्रिय सङ्क्रमित छन् ।

आज काठमाडौँ उत्यकामा थप ३९८ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमा १५६ महिला तथा १४२ पुरुष रहेका छन् । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख २० हजार ७७९ पुगेको छ । आज थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ३२४, ललितपुरका ५२ तथा भक्तपुरका २२ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

हालसम्म काठमाडौँमा ९६ हजार ७८५, ललितपुरमा १५ हजार १६९ तथा भक्तपुरका आठ हजार ८२५ सङ्क्रमित भएका छन् । तिमध्ये काठमाडौँमा ९३ हजार ३७४, ललितपुरमा १४ हजार ६५९ तथा भक्तपुरमा आठ हजार ५६० सङ्क्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौँमा ४६९, ललितपुरमा १४६ तथा भक्तपुरमा १०० जनाको कोरोनाबाट ज्यान गएको छ ।

त्यस्तै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक हजार ८४० पुगेको छ ।