Aafno Khabar

१६ दिनपछि उखु किसानसँग सहमति गर्यो सरकारले (यस्तो छ सहमति)

  • आफ्नो खबर
  • December 28, 2020 प्रकाशित

काठमाडौं । पुसको चिसोमा आन्दोलनरत उखु किसान र सरकारबीच १६ दिन पछि चारबुँदे समझदारी भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले किसानहरुले चिनी मिलहरुबाट पाउनुपर्ने रकम २१ दिनभित्र दिलाउने प्रतिवद्धता जनाएको छ ।

योसँगै तराईका विभिन्न जिल्लाबाट आएर काठमाडौंको माइतीघरमा धर्ना बसेका उखु किसाहरु आन्दोलन रोक्न तयार भएका छन् । ‘उद्योगीको बैंक खाता रोक्का गर्ने, यात्रामा प्रतिबन्ध लगाउने र २१ दिनभित्र सबै रकम भुक्तानी नभए जायजेथा राज्यले लिएर किसानलाई पैसा दिने समझदारी भएपछि उखु किसान आन्दोलन रोक्न सहमत भएका छन् ।

आज भएको सहमतिमा उखु किसानहरुको बक्यौता उठाउने जिम्मा मन्त्रालयले लिएको छ । साथै उखु किसानका अन्य समस्या समाधान गर्न अध्ययन कार्यदल गठन गर्ने सहमति भएको छ ।