Aafno Khabar

राष्ट्रपतिपछि प्रधानमन्त्री भेट्न चिनियाँ टाेली बालुवाटारमा

  • आफ्नो खबर
  • December 27, 2020 प्रकाशित

काठमाडाैं । नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेलगत्तै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ ।

आइतबार दिउँसो एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं ओर्लिएको चिनियाँ टोलीले नेकपाको जारी विवाद र राजनीतिक अस्थीरताका विषयमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेकपाका उच्च नेताहरुसँग परामर्श गर्ने स्रोतले जनाएकाे छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजेतिर काठमाडौं आइपुगेको हो ।

चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर उक्त टोली काठमाडौं आइपुगेको बुझिएको छ ।

नेकपाको विवाद गहिरिरहेकाे बेलामा यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको हो ।