संसारभर कोरोनाविरुद्धको इम्युनिटी अर्थात् प्रतिरोधी क्षमताका विषयमा चर्चा भइरहने गर्छ । एक नयाँ अध्ययनका अनुसार कोरोना भाइरसबाट निको भइसकेका व्यक्तिमा कम्तिमा ८ महिनासम्म यस भाइरसविरुद्धको रोग प्रतिरोधक क्षमता हुन्छ ।
एकपटक कोरोनाबाट संक्रमित भइसकेको व्यक्तिमा कम्तिमा आठ महिनासँग यस संक्रमणसँग जुुध्नसक्ने क्षमता हुन्छ ।
अस्ट्रेलियाको मोनाश विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार प्रतिरक्षा प्रणालीभित्र विशिष्ट कोशिकाहरु हुन्छन्, जसलाई मेमोरी बी कोशिका भनिन्छ । मेमोरी बीले भाइरसद्धारा हुने संक्रमण याद गर्छ, र फेरि भाइरसको संकेत मिलेमा तेज रुपमा उत्पादनको माध्यमबाट एक सुरक्षात्मक प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गर्छ ।