फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पीएसजीले स्ट्रासबोमाथि फराकिलो जित निकालेको छ । पार्क डेस प्रिन्सेसमा भएको खेलमा पीएसजीले स्ट्रासबोमाथि ४-० को जित निकालेको हो ।
पीएसजीका लागि खेलको १८ औं मिनेटमा टिमोथी पेम्बेलेले गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता लिएको पीएसजीका लागि खेलको ७९ औं मिनेटमा किलियन एम्बापेले, ८८ औं मिनेटमा एड्रिसामा गुएयेले र अतिरिक्त समयमा मोइस किनले गोल गरी फराकिलो जित सुनिश्चित गरे ।
पीएसजी १७ खेलबाट ३७ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । तालिकामा लिल र लियोन समान ३६ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् ।