Aafno Khabar

सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन हुन सक्दैन : सभामुख सापकोटा

  • आफ्नो खबर
  • December 23, 2020 प्रकाशित

काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने बताउनुभएको छ ।

सापकोटाले संसद विघटनबारे ४ दिनपछि बुधबार विज्ञप्‍ति जारी गरी संविधानको धारा ७६ अनुसार प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म विघटन नहुने स्पष्ट व्यवस्था गरिएको जिकिर गर्नुभएको हो ।

यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको उल्लेख गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :