काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ ।
संसद विघटनपछि राजनीतिक संकट गहिरिँदै गएको समयमा उहाँले राष्ट्रपति भण्डारीसँग भेट गर्नुभएको हो । यस अगाडि चीनले नेकपाका नेताहरुलाई पार्टी विभाजन नगर्न सुझाव दिएको थियो ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा चीनले अहिलेसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन ।