Aafno Khabar

पश्चिमी वायुको प्रभावले आंशिक बदली, न्यूनतम तापक्रममा वृद्धि

  • आफ्नो खबर
  • December 22, 2020 प्रकाशित

काठमाडौं । पश्चिमी वायुको प्रभावले मंगलबार आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातको समयमा बादल लागेकाले मुलुकभरको औसत तापक्रम पनि आज बढेको छ । सोमबारको तुलनामा मुलुकभरको औषत तापक्रम १ डिग्री बढेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मंगलबार उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकत तापक्रम १८ देखि २० डिग्रीसम्म रहने अनुमान गरिएको छ ।

अहिले गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भू-भागको मौसम सफा रहेको छ |