Aafno Khabar

नयाँ जनादेशका लागि निर्वाचनमा जाऔं प्रधानमन्त्री (सम्बोधनसहित)

  • आफ्नो खबर
  • २०७७ पुष ६ गते १५:५७ प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेको भोलिपल्ट सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै उहाँले निर्वाचनको तयारीमा जुट्न आहृवान गर्नुभएको हो ।

‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका प्रचार र भ्रमहरु निराधार छ’ उहाँले भन्नुभयो, ‘राजनीतिक स्थिरताको प्रत्याभूति गर्ने निर्णयक तत्व जनताको अभिमत हो उहाँले भन्नुभयो।