Aafno Khabar

ओलीको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले एकतामा असर पर्ने छैन : दाहाल

  • आफ्नो खबर
  • December 21, 2020 प्रकाशित

फाइल फाेटाे ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकताबद्ध रहेको बताउनुभएकाे छ । उहाँले कुनै व्यक्तिका कारण एकतामा असर नपर्ने बताउनुभएकाे हाे ।

सोमवार बिहान वक्तव्य जारी गरी प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै भन्नुभएकाे छ, ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन।’

उहाँले पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई आइतबार बसेको स्थायी कमिटीको बैठकले विरोध गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने र ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेकोसमेत जानकारी गराउनुभएकाे छ ।