Aafno Khabar

काँग्रेसले बोलायो सर्वदलीय बैठक

  • आफ्नो खबर
  • December 21, 2020 प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समुह छुट्टाछुट्टै छलफलमा जुटेका छन् भने प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक डाकेको छ ।

प्रधानमन्त्रीले संसद् विघटन गरेपछि अबकाे कदमका विषयमा छलफल गर्न काँग्रेसले दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक डाकेको हो ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी डाकेको बैठकमा संसदमा रहेका विपक्षी दलसँगै सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बरिष्ठ नेता माधवकुमार नेपाल समुह पनि सहभागी हुने जनाइएको छ ।

आइतबार साँझ सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा संयुक्त बैठक बसी नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले सरकारको पछिल्लो कदमको विरोध गर्ने निर्णय गरका थिए ।