Aafno Khabar

ओली पक्षकाे बालुवाटार, प्रचण्डपक्षको बानेश्वरमा भेला

  • आफ्नो खबर
  • December 21, 2020 प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवेगमा आएर आइतबार संसद् भंग गरेपछि सोमबारदेखि ओली र प्रचण्ड पक्ष आ–आफ्नो रणनीति बनाउन व्यस्त बनेका छन् ।

ओली पक्षले सोमबार बिहान ९ बजे बालुवाटारमा आफू निकटका नेताहरुलाई बोलाएको छ । बालुवाटारको भेलामा ओली निकट मानिने सांसद मन्त्री, र केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।

त्यस्तै, प्रचण्ड पक्षले सोमबार दिउसो १ बजे संसदीय दलको बैठक बोलाएको छ । यो समूहले दिउँसो ३ बजे पार्टी स्थायी समिति बैठक समेत बोलाएको छ ।

आइतबार बेलुका काग्रेस संसदीय दलको कार्यलयमा बसेको नेकपा, जसपा र कँग्रेस नेताको बैठकले साेमबार अपरान्ह ४ बजे सर्वदलीय बैठक बसेर ओली कदमको शसक्त प्रतिवाद गर्ने योजना बनाउने तयारी गरेको छ ।