काठमाडौं । सरकारले असंवैधानिक रुपमा गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको छ ।
आइतबार र सोमबार अदालतमा पेश भएका १३ वटा रिट दर्ता भएको हो । ती रिटमाथिको पेशी बुधबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
सबैजसो रिटमा संसद विघटन संसद विघटन असंवैधानिक भन्दै खारेज गर्न माग गरिएको छ ।