काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले कारबाहीको सिफारिस गरेको जानकारी निर्वाचन आयोगलाई दिइएको छ।
सोमबार दिउँसो आयोगको कार्यालय पुगेर स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही सिफारिस गरेको जानकारी निर्वाचन आयोगलाई गराएको हो ।
‘ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय हिजोको स्थायी कमिटी बैठकले गरेको थियो। ओलीलाई स्थायी कमिटीले कारबाहीको सिफारिस गर्दै मंगलबार बस्ने केन्द्रीय समितिमा यसबारे प्रस्ताव लैजाने निर्णय गरेको थियो।