Aafno Khabar

निर्वाचन सुरक्षामा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

  • आफ्नो खबर
  • December 20, 2020 प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सुरक्षा निकायका प्रमुखबीच छलफल सकिएको छ । संसद विघटन गरि नयाँ निर्वाचनको घोषणा भएपछिको सन्दर्भलाई लिएर प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखसँग शनिबार साँझपख छलफल गर्नुभएकाे थियाे ।

छलफलमा प्रधानमन्त्री ओलीले प्रस्तावित निर्वाचन सुरक्षामा केन्द्रित भएर लाग्न निर्देशन दिनुभएकाे छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सबै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएको उल्लेख गरेका छन् ।

छलफलमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी थिए ।