काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपराह्न ४ बजे बालुवाटारमा सुरक्षा परिषद्को बैठक बोलाउनुभएकाे छ ।
बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री, गृहमन्त्री, प्रधानसेनापति र मुख्यसचिव सहभागी हुने स्राेतले बताएकाे छ ।
छलफलमा संसद विघटन भएपछि अबकाे सुरक्षा व्यवस्था र अब कुन कदम चाल्ने भन्नेबारेमा चर्चा हुनसक्ने स्राेतकाे दाबी छ ।