काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् ।
सरकारमा प्रतिनिधित्व गर्ने नेकपामा दाहाल र नेपाल समूहका मन्त्रीहरुले सामुहिक राजीनामा दिने तयारी गरेकाे स्राेतले बताएकाे छ । त्यसका लागि सिंहदरबारमा प्रेस मिट आयोजनाकाे तयारी पनि भइरहेकाे जनाइएकाे छ ।