Aafno Khabar

संसद विघटन लगत्तै हुन थाल्यो संवैधानिक निकायमा मनलाग्दी नियुक्ती

  • आफ्नो खबर
  • December 20, 2020 प्रकाशित

काठमाडौं । संवैधानिक परिषदसम्बन्धि अध्यादेशलाई लिएर विवाद बढ्दै गएपछि आफूमाथि अविश्वास प्रस्ताव आउनसक्ने भन्दै प्रधानमन्त्री ओलीले संसद विघटन गरेका छन् ।

संसद विघटनको प्रस्ताव राष्ट्रपतिबाट पनि सदर भइसकेको छ । संसद विघटन लगत्तै ओली सरकार आफू अनुकुल काम र्न थालेको छ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेमकुमार राईलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद्ले प्रमुख आयुक्तमा राई र आयुक्तमा जयबहादुर चन्दको नाम सिफारिस गरेको हो ।

स्रोतका अनुसार राष्ट्रपतिबाट संसद विघटनको सिफारिस सदर भएलगत्तै संवैधानिक निकायहरुमा नियुक्त गर्न सिफारिस गरिएको पत्र संसद सचिवालयमा पुगेको छ ।