Aafno Khabar

युभेन्टसकाे जितमा राेनाल्डाेकाे २ गाेल

  • आफ्नो खबर
  • December 20, 2020 प्रकाशित

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टसले पार्मालाई ४–० ले पराजित गरेको छ । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले २ गोल गरे । यस्तै कुलुसेभ्स्की र अल्भारो मोराटाले एक–एक गोल गरे ।

कुलुसेभ्स्कीले २३ औँ मिनेटमा गोल गरि टिमलाई सुरुवाति अग्रता दिलाएका थिए । त्यसपछि रोनाल्डोले २६ र ४८ औँ मिनेटमा गोल गरे । यस्तै, मोराटाले ८५ औँ मिनेटमा गोल गरेपछि युभेन्टसले ४–० काे प्रभावशाली जित दर्ता गरेको हो ।

जितपछि तेस्रो स्थानको युभेन्टसको १३ खेलबाट २७ अंक भएको छ ।

सम्बन्धित शीर्षकहरु