Aafno Khabar

कुन जिल्लामा कति काेराेना संक्रमित थपिए ?

  • आफ्नो खबर
  • December 20, 2020 प्रकाशित

काठमाडाैं । नेपालमा पछिल्लाे २४ घण्टामा ५ सय ८८ जना संक्रमित थपिएका छन् । ५ सय ८८ मध्य देशका विभिन्न ठाउँमा देखिएका संक्रमित ।

प्रदेश १ को इलाममा ७, उदयपुरमा १, ओखलढुंगामा १, झापामा ६, तेह्रथुममा १, मोरङमा २२, संखुवासभामा २, सोलुखुम्बुमा २ र सुनसरीमा ३ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को सिरहामा मात्र कोरोना भेटिएको छ। सिरहामा ८ जनामा कोरोना थपिएको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ७९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५, चितवनमा १०, दोलखामा ३, धादिङमा ६, नुवाकोटमा ५, भक्तपुरमा २६, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा ३३, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशको कास्कीमा २६, गोरखामा १, तनहुँमा ४, नवलपरासी पूर्वमा ३, पर्वतमा ३, म्याग्दीमा ६, लमजुङमा ५, बागुलङमा २ र स्याङजामा ८ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ६, कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा २५, नवलपरासीमा ४, पाल्पामा २, प्यूठानमा १, बर्दियामा ८, बाँकेमा १६, रोल्पामा ३ र रुपन्देहीमा २३ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १२, कञ्चनपुरमा २०, कैलालीमा ८१ र बैतडीमा २ जनामा कोरोना भेटिएको छ।