काठमाडौं । मौसम सफा भएसँगै शीत पर्ने क्रम बढेसँगै देशभरको चिसो बढेको छ । देशभरका अधिकांश स्थानको न्यूनतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमबार काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बिहान साढे ६ बजे गरिएको मापनअनुसार काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसमा झरेको छ ।
काठमाडौं उपत्यकाको हिजो (आइतबार)को तापक्रम ४.५ डिग्री थियो भने जुम्लाको तापक्रम माइनस ३.१ डिग्री, जिरीको तापक्रम माइनस ०.६ डिग्री मापन गरिएको थियो ।