Aafno Khabar

मौसम: बदली, वर्षा र हिमपातको सम्भावना

  • आफ्नो खबर
  • December 12, 2020 प्रकाशित

काठमाडौं । शनिबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव र दक्षिणपूर्वी अरबियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेकाले देशभर मौसम प्रभावित भएको हो ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपात हुने सम्भावना छ । प्रदेश १ को पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । हिमाली भू–भागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ ।