काठमाडौं । विश्वको सवोच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । मंगलबार सार्वजनिक गरिएको नयाँ उचाइ अनुसार ८४ सेन्टिमिटर सगरमाथाको उचाइ बढेको छ ।
सगरमाथाको उचाइमा विवाद आएपछि चीन र नेपालले छुट्टा छुट्टै तरिकाले सगरमाथाको उचाइ नापेका थिए । आज एकै पटक दुबै देशले सगरमाथाको उचाइ सार्वजनिक गरेका हुन् ।
अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गर्नुभयो।
फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागले प्रशोधन गरेको हो । चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेको विभागले जनाएको छ ।
मंसिरमा १० गते बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको हो ।
यसअघि सन् १९५४ मा सर्वे अफ इन्डियाले नापेको सगरमाथाको उचाइ उचाइ ८८४८ मिटर रहेको थियो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको हो ।