Aafno Khabar
add khanepani

लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तीन जना प्रहरी फन्दामा

  • आफ्नो खबर
  • December 7, 2020 प्रकाशित

काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनाका ३ आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट १ जना र पोखराबाट २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–९ सानोगाउँका २५ वर्षका विवेक महर्जन, कास्कीको पोखरा महानगरपालिका छोरेपाटनका १७ वर्षका युवक र घारीपाटनका १५ वर्षका युवकलाई पक्राउ गरेको हो ।

उनीहरुले सरकारी सूचना प्रवाहको आधिकारिक विद्युतीय माध्यममा अनधिकृत पहुँच पुर्‍याई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ बमोजिमको कसूर गरेको प्रहरीले जनाएको छ ।