चीनले चन्द्रमामा आफ्नो झण्डा फहराएको छ । चन्द्रमामा आफ्नो झण्डा फहराउने चीन दोस्रो देश बनेको छ । अमेरिकाले ५० वर्ष भन्दा पहिले पहिलोपटक आफ्नो झण्डा चन्द्रमामा फहराएको थियो ।
रोबोटिक ‘चाङ अ फाइभ मिसन’ अन्तर्गत केहीदिनअघि चन्द्रमामा पुगेको अन्तरिक्ष यानको ल्यान्डरले त्यहाँ झण्डा राखेको हो ।
च्याङ्ग’इ–५ अन्तरिक्षा यानमा रहेको क्यामराले उक्त तस्बिर लिएको हो ।
अमेरिकाले सन् १९६९ मा एपोलो ११ अन्तरिक्ष अभियानमार्फत चन्द्रमामा पहिलो पटक आफ्नो झण्डा गाडेको थियो ।