काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले साउथ ह्याम्प्टनमाथि ३–२ काे जित निकालेकाे छ ।
२३ औँ मिनेटमा अग्रता लिएको ह्याम्प्टनमाथि युनाइटेडले जित निकाल्न सफल भएको हो । उसका लागि एडिन्सन काभानीले २ तथा ब्रुमो फमान्डेजले एक गोल गरे ।
अर्को खेलमा आर्सनललाई वुल्भरह्याम्पटन वान्डरर्सले २–१ ले पराजित गरेको छ । यस्तै शीर्ष स्थानको टोटनह्याम र तेस्रो स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन् ।
चेल्सीको मैदानमा भएको लण्डन डर्बी बराबरीमा सकिएपछि चेल्सीले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । १० खेलबाट २१ अंक जोडेको टोटनह्याम शिर्ष स्थानमा रहँदा १९ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।