काठमाडौं । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।
अस्पतालका अनुसार लामिछानेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।