भारत सरकारले थप ४३ वटा चिनियाँ कम्पनीका मोबाइल एपमा प्रतिबन्ध लगाएको छ ।
ती एपहरू भारतको सम्प्रभुत्ता र सुरक्षाको लागि खतरा भएकाले प्रतिबन्धित गरिएको इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयले जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अलिबाबा ग्रुपका अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स र अलिबाबा वर्क बेँच जस्ता एप्सको प्रतिबन्ध लगाइएको जनाइएको छ ।
यसअघि भारतले गएको जुन महिनामा ५९ चिनियाँ एपको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि सेप्टेम्बर महिनामा फेरि पब्जीसहित १ सय १८ चिनियाँ एपको प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।