Aafno Khabar

एसोसिएट राष्ट्रका यो दशकका उत्कृष्ट खेलाडीमा पारस खड्का

  • आफ्नो खबर
  • November 24, 2020 प्रकाशित

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले एसोसिएट राष्ट्रका यो दशकका उत्कृष्ट पुरुष खेलाडीको सूची सार्वजनिक गरेको छ ।

मङ्गलबार निकालेको ६ जनाको सूचीमा नेपालका पूर्व कप्तान पारस खड्का पनि छन् । यो सूचीमा स्कटल्यान्डका ३, नेदरल्यान्ड र पपुवा न्युगिनीका एक–एक खेलाडी परेका छन् ।

पारसले सन् २००४ मा मलेसिया विरुद्धको खेलबाट नेपालका लिग डेब्यू गरेका थिए ।

पारसको कप्तानीमा नेपालले सन् २०१४ को टि–२० विश्वकप खेल्नुका साथै सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो । करिब एक दशक नेपाली क्रिकेट टिमको नेतृत्व गरेका पारसले गत वर्ष कप्तानी पद छाडेका थिए ।

पारस नेपालका लागि एकदिवसीय तथा टि–२० अन्तर्राष्ट्रिमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।