काठमाडौं । शुक्रबार नेपालमा १९४५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
देशभरका प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण गर्दा ७४० महिला र १२०५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । उनीहरुमध्ये १२९८ जनाको मृत्यु भएको छ भने १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५३६४ जना संक्रमणमुक्त भएका हुन् ।
हाल देशभर २४ हजार ६६५ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा छन् भने ४०३ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।