Aafno Khabar

उपत्यकामा एकैदिन थपिए ३१०७ कोरोना संक्रमित

  • आफ्नो खबर
  • October 21, 2020 प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १ सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लाका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना छन् ।

पछिल्लो २४ घण्टामा मात्र २९९६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर ४४ हजार ४७६ संक्रिय संक्रमित छन् ।