Aafno Khabar

२४ घण्टामा थपिए ५७४३ संक्रमित, कुल संक्रमित पुगे १ लाख ३९ हजार बढी

  • आफ्नो खबर
  • October 21, 2020 प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २० हजार ७ सय ४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये ९९ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र २९९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर ४४ हजार ४७६ संक्रिय संक्रमित छन् ।