Aafno Khabar
suvakamana add

थप ४३९२ जनामा कोरोना संक्रमण

  • आफ्नो खबर
  • २०७७ आश्विन ३० गते प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४० संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५२२ संक्रमणमुक्त भएका हुन् । देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन् ।