Aafno Khabar

कोरोना पोजेटिभ देखिए मात्र स्वास्थ्यकर्मी क्वारेन्टीनमा बस्ने

  • आफ्नो खबर
  • October 16, 2020 प्रकाशित

काठमाडौं । सरकारले कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोनाको लक्षण देखिएमा वा पोजेटिभ आएमा मात्र क्वारेन्टीन वा आइसोलेशनमा बस्न निर्देशन दिएको छ ।

यसअघि कोभिड अस्पतालमा खटिने स्वास्थ्यकर्मीहरु एक हप्ता वा १५ दिन लगातारको कामपछि दुई हप्ता क्वरेण्टीन बस्ने गरेका थिए । तर कोरोना सङ्क्रमितको व्यवस्थापनका लागि स्वास्थ्यकर्मी तथा अस्पतालका जनशक्ति अभाव हुन नदिन यस्तो व्यवस्था गरिएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णय गरेर कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा लक्षण देखिएमा वा कोरोना पोजेटिभ आएमा मात्र क्वरेण्टीन वा आइसोलेशनमा बस्न पाइने व्यवस्था गरेको हो ।