Aafno Khabar

बहराइनका राजकुमार अल खलिफासहितको टोली चढ्यो मनास्लु हिमाल

  • आफ्नो खबर
  • October 15, 2020 प्रकाशित

काठमाडौं । बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन्। बिहीबार बिहान ६ बजे राजकुमारसहितको टोलीले मनास्लुको सफल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिले जनाएको छ।

राजकुमारसहित उक्त आरोहण टोलीमा ५० जना थिए। गत असोज २० मा राजकुमार अलिफाको टोली मनास्लु आरोहण गर्न गोरखाको सामागाउँ पुगेका थिए।

यसअघि गत असोज १९ मा राजकुमारसहितको उक्त टोलीले सोलुखुम्बुको लुबुचे सफल आरोहण गरेका थिए।