रोनाल्डो कोरोना भाइरसबाट संक्रमित भएका छन् । पोर्चुगल तथा युभेन्टसका फरवार्ड रोनाल्डोको पीसीआर रिपोर्ट पोजेटिभ आएको पोर्चुगिज फुटबल फेडेरेशनले जनाएको हो ।
३५ वर्षका रोनाल्डोको स्वास्थ्य अवस्था राम्रो रहेको र कुनै पनि लक्षण नदेखिएको बताइएकाे छ । उनी अहिले आइसोलेशनमा छन् ।