काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १७ पुरुष र ५ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार मृत्यु हुनेमा काठमाडौंको ५ जना रहेका छन् । त्यस्तै, चितवनका ४ जना, रुपन्देहीमा ३ जना, भक्तपुरका २ जना, सुनसरीका २ जना रहेका छन् ।
यसैगरी धनकुटा, मकवानपुुर, सर्लाही, ललितपुर, नुवाकोट र सिन्धपाल्चोकमा एक–एक जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणको कारण हालसम्म देशभर मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।