इण्डियन प्रिमियर लिग क्रिकेटमा कोलकत्ता नाइट राइडर्ससँग किंग्स इलाभेन पञ्जाब २ रनले पराजित भएकाे छ । कोलकत्ताले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनायो ।
पञ्जाबले १ सय १५ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । उसका लागि के एल राहुलले ७४ र मयंक अग्रवालले ५६ रन बनाए । आबुधावी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो ।
कोलकत्ता लागि कप्तान दिनेश कार्तिकले ५८ र शुभमन गिलले ५७ रन बनाए । कोलकत्ता ८ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ भने २ अंक रहेको पञ्जाब पुछारमा छ ।