काठमाडौं । आइतबार देशभरका स्वास्थ्य संस्थाका सेवा पुर्ण रूपमा बहिष्कार गर्ने नेपाल चिकित्सक संघले चेतावनी दिएको छ।
शनिबार एक विज्ञप्ती निकाल्दै संघले आइतबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड १९ का सेवा बाहेक सम्पूर्ण सेवा बहिष्कार गर्ने बताएको छ।
डा. केसीको जीवन रक्षाका लागि सरकारले कुनै ठोस कदम नचालको भन्दै बाध्यताबस सेवा ठप्प पार्ने अवस्था आएको संघका महासचिव डा. बद्रि रिजालद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।