रुपन्देही । लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा सभामुख घर्तीमा संक्रमण पुष्टि भएको हो ।
ज्वरो आएपछि सभामुख घर्तीले बिहीबार पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा शुक्रबार उहाँको रिपोर्ट पोजेटिभ आएको हो ।
यसअघि शुक्रबार नै लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै बुटवलमा संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का सचिव सीपी खनालसहित तीनजना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।