काठमाडौं । नेपालमा थप २०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६ सय ७६ पुगेको छ ।
संक्रमितमध्ये ७३ हजार २३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६०० जनाको मृत्यु भएको छ ।
शुक्रबार कोरोना निकाे भएर १६८० जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।