आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गरेको छ । यो जित सँगै दिल्ली १० अंकका साथ तालिकाको शिर्ष स्थानमा पुगेको छ ।
पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनायो । १८५ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको राजस्थान १९.४ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा समेटियो ।
राजस्थानका राहुल तेवाटीले ३८, यशाभी जैसवालले ३४ र स्टेभन स्मिथले २४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दिल्लीका कागिसो रबडाले ३, रबीचन्द्र आश्विन र मार्कस स्टोविनिसले समान २ २ विकेट लिए । दिल्लीका सिमरोन हिटमेयरले ४५ र मार्कस स्टोविनिसले ३९ रन बनाए ।