काठमाडौं । विश्व दृष्टि दिवसका अवसरमा लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
लायन्स क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीको व्यवस्थापनमा दक्षिणकालीको सेतीदेवी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको आँखा शिविरमा १ सय ६१ जनाको आँखा परीक्षण गरिएको छ ।
परीक्षण गरिएकालाई परामर्श, सरसल्लाह र औषधि वितरण पनि गरिएको छ । जसमध्ये १० जनाको निःशुल्क शल्यक्रिया शिविरलाई प्राविधिक सहयोग गरेको कीर्तिपुर आँखा अस्पतालमा गरिने क्लबका अध्यक्ष लायन सुन्दर आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले विश्व दृष्टि दिवसका अवसरमा जेष्ठ नागरिकहरुको गुम्न लागेको दृष्टि फकार्उने सेवामा जुटेकोमा खुशी व्यक्त गर्नुभयो । कोरोना जोखिमबीच सम्पन्न शिविर सामाजिक दूरी र स्वास्थ्य मापदण्ड कायम गर्दै उच्च सतर्कताका साथ सञ्चालन गरिएको क्लबका सल्लाहकार प्रमोद कुमार पौडेलले जानकारी दिनुभयो ।