आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गरेकाे छ ।
एक सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ५७ रनमात्र बनाउन सकेकाे हाे ।
चेन्नईको पालीमा सेन वाट्सनले ५०, फाप डु प्लेसिसले १७ र अम्बाती रायूडुले ३० रन बनाए । त्यसअघि कोलकाताको पालीमा राहुल त्रिपाठीले ८१ तथा सुनिल नारायन र प्याट कुमिन्सले १७/१७ रन बनाए ।
कोलकाताले पाँच खेलबाट ६ अंक जोडेको छ । चेन्नईको ६ खेलबाट ४ अंक छ ।