Aafno Khabar

नेपालमा हालसम्मकै धेरैमा कोरोना संक्रमण

  • आफ्नो खबर
  • October 7, 2020 प्रकाशित

काठमाडौं । नेपालमा एकैदिन अहिलेसम्म कै धेरै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ३ हजार ४ सय ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।

सरकारले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्ने निर्णय गरेको थियो ।आज १४ हजार २०९ जनाको कोरोना परीक्षण भएको छ ।