Aafno Khabar

फेरि लकडाउन हुने सम्भावना कति ?

  • आफ्नो खबर
  • October 7, 2020 प्रकाशित

काठमाडौं । दिनप्रतिदिन फैलिँदै गएको कोरोना आउँदै गरेको दशैको कारण झन् बढ्न सक्ने भन्दै विज्ञहरुले सतर्कता अपनाउन अनुरोध गरेका छन् । सरकारले २५ हजार भन्दा बढी सक्रिय संक्रमित भएपछि पुनः लकडाउन गर्ने भनेको थियो । तर अहिले सरकारले लकडाउनकाे तयारी नगरेकाे बताएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९० हजार ८ सय भन्दा बढी पुगेको छ ।

जसमध्ये निको हुने ६८ हजार ५ सय भन्दा बढी छन् भने २२ हजार ७ सय भन्दा बढी सकृय संक्रमित छन् । हालसम्ममा मृत्यु हुनेको संख्या ५ सय ६० भन्दा माथि रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतिपयले नागरिक दशैंमा आवतजावत गर्दा कोरोना संक्रमित बढ्ने भय भएकाले यो समय लकडाउन गरिनु पर्ने तर्क गरेका छन् । दशैंमा उपत्यकाबाट फर्किनेले कोरोना ल्याउँछन् भन्ने चिन्ताले उपत्यका बाहिरका नागरिकलाई चिन्ता बढ्न थालेको छ । यस अवधीमा सरकारले लकडाउन गर्नुपर्ने अधिकांशको राय छ ।

तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार अहिलेसम्म सरकारले लकडाउनको तयारी गरेको छैन ।