Aafno Khabar

बन्द भएको श्रम स्वीकृति सोमबारदेखि खुल्ने

  • आफ्नो खबर
  • October 5, 2020 प्रकाशित

काठमाडौं । कर्मचारीमा कोरोना देखिएपछि बन्द भएको श्रम स्वीकृति सोमबारदेखि खुल्ने भएको छ ।

बुधबारदेखि बन्द भएको वैदेशिक रोजगार कार्यालय ताहाचल ४ दिनपछि सोमबारदेखि खुल्ने भएको हो । सोमबारदेखि सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सूरु गरिने कार्यालयले जनाएको छ ।

सेवाग्राहीले कार्यालयमा लगाइएको गोलो चिन्हमा रहेर मात्र सेवा लिन पाउनेछन् । वैदेशिक रोजगार कार्यालय ताहाचलको फ्रन्ट डेस्कमा खटिएका एक जना कर्मचारीमा कोरोना देखिएपछि गएको बुधबारदेखि कार्यालयले सेवा प्रवाह रोकेको थियो ।