स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना सेभिल्लासँग बराबरीमा रोकिएको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोना सेभिल्लासँग १–१ को बराबरीमा रोकिएको हो ।
खेलको आठौँ मिनेटमा लूक डी जोङ्गले गोल गरी सेभिल्लाले सुरुवाति अग्रता लिएको थियो । १० औँ मिनेटमा फिलिप कोन्टिन्होले गोल गरी बार्सिलोनालाई बराबरीमा ल्याए ।
त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन । तीन खेलबाट सात अंकसहित बार्सिलोना पाँचौँ स्थानमा छ । सेभिल्ला अंक तालिकाको छैटौँ स्थानमा छ ।